NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा दशमी - २५

नेपाल जिन बैंक

नेपाल कृषि अनुसन्धान परिषद अन्तरगत नेपाल सरकारले २०६७ मा खुमलटारमा राष्ट्रिय जीन बैंक (नेपाल जिन बैंक) को स्थापना गरि कृषि जैविक विविधता संरक्षण तथा दिगो उपयोगमा कार्य गर्दै आएको छ। १०१ असल अभ्यास मार्फत सम्पूर्ण कृषि अनुवांशिक स्रोतहरु (बाली, पशुपन्क्षि, घाँसे बाली, कृषि किरा, कृषि शुक्ष्म जीवाणु, जलीय कृषि आनुवंशिक स्रोत) देशै भर संरक्षण गर्दै आएको छ र सुकाउन सकिने बिउहरु १०० बर्ष सम्म जीवित राख्ने सक्ने सुबिधामा सुरक्षित गर्ने गरेको छ। सबैको पासपोर्ट डाटाबेस राखिएको छ र सबै बिउ र अन्य अनुवांशिक स्रोतहरु सदाको लागि र सबैको लागि भन्ने तवरले कार्य गरेको छ।