NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ पोहेलागा पञ्चमी - २०

राष्ट्रिय जिन बैंकको कार्यदेश

सि.न.

कार्यदेश

प्राथमिकताको आधारमा कृषि आनुवंशिक स्रोतहरुको खोज, संकलन र संरक्षण ।

कृषि आनुवंशिक स्रोतहरु सम्बन्धित मार्गचित्र, अध्ययन अनुसन्धान र दिशानिर्देश ।

कृषि आनुवंशिक स्रोतहरुको डि.एन.ए.सम्बन्धित जानकारी र सूचना सहित, पासपोर्ट, चरित्र चित्रण, मूल्यांकन तथा परम्परागत ज्ञानको अभिलेख व्यबस्थापन ।

कृषि आनुवंशिक स्रोतहरुको वैज्ञानिक व्यवस्थापन तथा परिचालन ।

रैथाने आनुवंशिक स्रोतहरुको पंजीकरण, उपयोग एवं कृषि जैविक विविधताको व्यवस्थापनको लागि अनुकुल वाताबरणको निर्माणमा सहजीकरण ।

कृषि आनुवंशिक स्रोतहरु सम्बन्धि नीति तथा कार्यक्रम तयार गर्न सम्बन्धित निकायलाई आवश्यक सहयोग ।

कृषि जैविक विविधता सम्बन्धि जनशक्तिहरुको क्षमता अभिबृद्धि ।

परिषद्को स्विकृतीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरु सँग समन्वय तथा सहकार्य ।