मिशन
vfB tyf kf]if0f ;'/Iff, hLjg:t/ / cfly{s ;Da[l4sf] lglDt ;Dk"0f{ s[lif cfg'j+lzs ;|f]tx?sf] ;+/If0f tyf pkof]u
उद्देश्यहरु
- कृषि आनुवंशिक स्रोत तथा सो संग सम्बन्धित तथ्य़ाकंहरुको पहुँचको लागि एक द्वार प्रणाली व्यवस्था गर्ने ।
- कृषि आनुवंशिक स्रोतको सदुपयोग र प्रबर्धनको लागि खोज, संकलन र संरक्षण गर्ने ।
- राष्ट्रिय/अन्तर्राष्ट्रिय नीति नियमानुसार वैज्ञानिक तवरले कृषि आनुवंशिक स्रोतको व्यवस्थापन/परिचालन गर्ने ।
- लोपोन्मुख, दुर्लभ तथा विशेष गुण भएका कृषि आनुवंशिक स्रोतको पहिचान (Red zoning and red listing) गरी संरक्षणको लागि जोड दिने ।
- कृषि आनुवंशिक स्रोतहरुको विविधता केन्द्र (Center of diversity) पत्ता लगाउने ।
- DNA fingerprint सहित चरित्र चित्रण र मूल्यांकन गर्ने तथा उक्त स्रोतहरु अनुसन्धानकर्ता, प्राज्ञ, कृषक उद्यमी र सम्बन्धित सरोकारवालाहरुलाई उपलब्ध गराउने ।
- आनुवंशिक स्रोतहरुको मुल्यांकन गरी गुण-विशेषका आनुवंशिक चिन्हहरु (markers) पत्ता लगाउनुका साथै पूर्व प्रजननद्वारा उन्नत तथा उपयुक्त जात छनौट गर्ने र प्रजननकर्ता तथा कृषकहरुलाई उपलब्ध गराउने ।
- कृषि आनुवंशिक स्रोतको पासपोर्ट, चरित्र चित्रण, मूल्यांकन तथा परम्परागत ज्ञानको अभिलेख राख्ने ।