क्र.स.

सुचक

हाल सम्मको प्रगति

बिभिन्न बालीहरुका स्थानीय जातहरुको खोजी तथा संकलन गरिने छ (१०००)

नवलपरासी, रुपन्देही, धादिङ, ललितपुर, भक्तपुर, संखुवासभा, सुनसरी, बझाङ र बारा जिल्लाहरु वाट ९३ बालीका १०३३ जातहरु संकलन गरिएको

बिभिन्न बालीका स्थानीय जातहरुको बीउलाई सुरक्षित रुपमा मध्यकालीन तथा दीर्घकालीन संरक्षण कक्षमा राखिने छ (५००)

३९ बालीका ५२० जातहरुको बीउलाई सुरक्षित रुपमा मध्यमकालिन तथा दिर्घकालिन संरक्षण कक्षमा राखिएको

बिभिन्न खाद्यन्न बालीका स्थानीय जातहरुको चरित्र चित्रण तथा मूल्यांकन गरिने छ (१०००)

मकैको ६० ओटा जातहरु, भटमासको ५९, कोदोको १११, गहुँको २५०, धानको ३४२, जौको १२८ र केराउको ५१ (जम्मा १००१) जातहरुको चरित्र चित्रण गरिएको

बिभिन्न तरकारी बालीका स्थानीय जातहरुको चरित्र चित्रण तथा मूल्यांकन गरिने (१५०)

तितेकरेला, खोर्सानी, भिंडी, फर्सी, मुला, सिमी र धनिया गरी ७ बालीका २६७ जातहरुको चरित्र चित्रण तथा बीउ उत्पादन गरिएको

नार्कको बिभिन्न अनुसन्धान केन्द्रहरु फिल्ड जिन बैंकहरु मर्फत स्थानिय जातहरुको संरक्षण, अनूसन्धान तथा उपयोग गरिनेछ (१०)

यस अबधिमा नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतका १० वटा कार्यालयको फिल्ड जिन बैंकहरुको अनुगमन, कार्यालयका प्रमुख संग छलफल तथा आगामी योजना बारेमा छलफल गरियो

सामुदायिक बिउ बैंकहरुसंग निरन्तर समन्वय गरी खेतिस्थानिय संरक्षण (On-farm conservation) कार्यलाई अगाडि बढाइनेछ (५)

खेति स्थलीय संरक्षण गर्ने ११ वटा सामुदायिक संस्थासंग मिलेर कार्य गर्ने सहमति भएको

स्थानिय बालीको नमूनाहरु संकलन गरी In-vitro conservation मार्फत तन्तु बैंकमा संरक्षण, अनूसन्धान तथा उपयोगको लागि राखिने छ (अलैची, सख्खर खण्ड र आलु) (३)

अलैची, सक्खरखण्ड र आलुका ३ जातहरु तन्तु बैंकमा संरक्षण गरिएको

स्थानीय बालीहरु को DNA स्तरमा अध्ययन गरी DNA बैंकमा उक्त नमूनाहरुको DNA sample संरक्षण, अनूसन्धान तथा उपयोगको लागि राखिनेछ (३)

९० वटा धानको जातहरुको ९ वटा blast resistant marker को प्रयोग गरी यसको रोग प्रतिरोधी जातहरु पहिचान गर्ने कार्य भएको ; मकैको ३५ जातहरुमा diversity मार्कर प्रयोग गरेर यसको जैविक बिबिधता अध्यन गरिएको, खुर्सानीको ४८ र लट्टेको ९२ accession को DNA संकलन गरि सुरक्षित भण्डारण गरिएको

Pre-breeding अन्तरगत बालीको उत्कृष्ठ स्थानीय जातहरु (elite lines) छनौट गरिनेछ (५)

भिंडीको , कोदोको ५, काँक्रोको २, जौको ५ र अनदी धानको १ उत्कृष्ठ जातहरुको पहिचान भएको

१०

बिभिन्न बालीका स्थानीय जातहरुको Passport data entry तथा ब्यबस्थापन गर्ने तथा अध्यावधिक गर्ने (५००)

३९ बालीका ५२० जातको पासपोर्ट डाटा कार्यालयको database मा प्रबिस्ट गरिएको

११

विभिन्न बालीहरुका स्थानीय जातहरुलाई प्रदर्शन तथा प्रबर्धनको लागि Display block (२५)

२२ बालीको ३० जातहरु display block मा प्रदर्शन गरिएको

  • Additional: Establishment of Community Genebank, Insect field genebank, Household insect field genebank, Different banks in ICIMOD Park-Godawari and IAAS campus, online database (WIEWS and Genesys), long term evolutionary rice population, Agrobiodiversity Year 2079, Conservation of aquatic, livestock, insect, forage, microorganism, linkage with homestay, 78 publications, support to 6 policy documents etc.