नुर्सरी, स्क्रिन हाउस, सघन हेरचाह इकाइ तथा क्वारेन्टाइन प्रणालीको स्थापना गर्ने
नेपालका बिभिन्न फार्म/केन्द्रहरु तथा अन्य सार्वजनिक क्षेत्रमा बाली-बिशेष पार्क, जल कुण्ड जीन बैंक, पशु फार्म जीन बैंक लगायत फिल्ड जीन बैंकहरुको स्थापना गर्ने
बिभिन्न कृषि आनुवंशिक स्रोतहरुको स्वामित्व लिनको लागि आवश्यक कागजातहरु तयार गर्ने (जस्तैः पुरातात्विक प्रमाण, बाहिरी तथा भित्री हुलिया, उत्पति वा विविधता स्थल तथा स्थानीय समुदायद्वारा तिनको सम्बर्धन तथा उपयोग, आदि)
संसारको जुनसुकै कुनाबाट खोज्न मिल्ने गरी अनलाइन डाटाबेस निर्माण गर्ने र सुरक्षित प्रतिरुप भण्डारण गर्ने
विदेशी जीन बैंकहरुमा भएका नेपाली आनुवंशिक स्रोतहरुको पुनर्स्थापना गर्ने
कृषि आनुवंशिक स्रोतहरुको संरक्षणको लागि अति शीत भण्डार (Cryo Bank) को शुरुवात गर्ने
डी.यन.ए. मार्कर, जीनको क्षेत्र पत्ता लगाउने तथा रैथाने बाली/जातहरुलाई भौगोलिक सूचकको रुपमा अभिलेखिकरण गर्ने
संरक्षित क्षेत्र, सम्पदा, रामसार र धार्मिक क्षेत्रहरुमा बालीहरुका जंगली नातेदारहरु तथा खान योग्य जंगली प्रजातिहरूको संरक्षण गर्ने