वि.सं:
नेपाल संवत: ११४५ पोहेलागा पञ्चमी - २०
दीर्घकालिन भण्डारण: एक लाख संकलनहरु राख्नेक्षमताको ५०-१०० बर्षसम्म बीउ सुरक्षित राख्न सकिने -१८ डिग्री से. तापक्रमको दुईवटा कक्ष
मध्यमकालिन भण्डारण: पचास हजार संकलन क्षमताको १०-१५ बर्षसम्म बीउ सुरक्षित राख्न सकिने ४-१० डिग्री से. तापक्रम र ३५-४५% सापेक्षित आर्द्रताको दुईवटा कक्ष
अल्पकालिन भण्डारण: प्राकृतिक तापक्रम तथा आर्द्रतामा मौसमी भण्डारण कक्षको सुबिधा
फिल्ड जीन बैंक: जीन बैंक परिसर तथा नार्कका अन्य केन्द्रहरुमा बीउ नहुने, बीउ सुकाएर संरक्षण गर्न नसकिने आनुवंशिक स्रोतहरुको लागि फिल्ड जीन बैंकको सुबिधा
तन्तु प्रविधि प्रयोगशाला तथा तन्तु बैंक: तन्तु प्रबिधि तथा तन्तु बैंकको लागि प्रयोगशालाको सुबिधा
आनुवंशिक प्रयोगशाला तथा डी.यन.ए. बैंक: आनुवंशिक कार्यहरु, आनुवंशिक विविधता विश्लेषण, पहिचान तथा अनुवंश अध्ययनको निम्ति प्रयोगशालाको सुबिधा, डी.यन.ए. भण्डारणको सुबिधा
बीउ प्रशोधन तथा परिक्षण प्रयोगशाला: बीउको सरसफाई, स्वास्थ्य परिक्षण, उमारशक्ति परिक्षण, बीउ चित्रण तथा बीउ सुकाउने कार्यको लागि प्रयोगशालाको सुबिधा
परिक्षण प्लट: बिभिन्न आनुवंशिक स्रोतहरुको विविधता प्रदर्शनी, पुनरोत्पादन, बिजबृद्धि, चरित्र चित्रण, मुल्यांकन तथा पूर्व-प्रजनन् कार्यको निम्ति आवश्यक जग्गाको सुबिधा