NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ पोहेलागा पञ्चमी - २०

संरक्षण इतिहास

१९९४

अन्तर्राष्ट्रिय संस्थाहरुद्वारा वनस्पतिजन्य आनुवंशिक स्रोतहरुको खोजी मिसन शुरु

१९९७

तत्कालिन श्री ५ को सरकारबाट स्थानीय वनस्पतिहरुको प्रथम संकलन तथा मुल्यांकन

२०२९

आनुवंशिक स्रोतहरुको संकलनमा जोड दिई तरकारी विकास महाशाखाको स्थापना

२०४१

कृषि बनस्पति महाशाखा, खुमलटारमा कृषि आनुवंशिक स्रोत इकाई गठन भई स्थानीय बालीहरुको खोज, संकलन तथा संरक्षणको काम शुरु

२०४३

कृषि बनस्पति महाशाखा, खुमलटारमा मध्यमकालिन पर-स्थानीय संरक्षण कक्ष स्थापना

२०५१

दलचोकी, ललितपुरमा पहिलो सामुदायिक बीउ बैंकको स्थापना

२०६०

वारा जिल्लाको कचोर्वामा दोस्रो सामुदायिक बीउ बैंकको स्थापना

२०६७

राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रको नामबाट राष्ट्रिय जीन बैंकको स्थापना

२०६९

फिल्ड जीन बैंक, सामुदायिक फिल्ड जीन बैंक तथा पारिवारिक जीन बैंकको शुरुवात

२०७०

तन्तु बैंक, वंशाणु बैंक र क्रायो बैंकको शुरुवात

२०७१

आधुनिक सुविधायुक्त दीर्घकालिन संरक्षण कक्षको निर्माण; स्कुल फिल्ड जीन बैंक, सुक्ष्म जीवाणु बैंकको शुरुवात

२०७३

जल कुण्ड जीन बैंक तथा पशु फार्म जीन बैंकको शुरुवात