वि.सं:
नेपाल संवत: ११४५ कछलागा षष्ठी - २१
१० जेठ, २०८०
राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा विभिन्न बर्षलाई विभिन्न रुपमा घोषणा गरी बिशेष किसिमले मनाइंदै आएको छ। हाम्रा थुप्रै परम्पराहरु (विशेष दिन, सप्ताह, बर्ष) कृषि जैविक विविधतासंग सम्बन्धित भए पनि ती दिनहरुलाई महत्व दिन सकिएको देखिंदैन। नेपालमा रैथाने कृषि जैविक विविधता (बाली, घाँसे बाली, पशुपन्छी, जलीय, किरा र सूक्ष्म जीवाणुजन्य आनुवंशिक स्रोत) हरु ४०% हराइसकेकोले यसको महत्व सबै ठाउँहरुमा सबैलाई बुझाउँदै यिनीहरुको संरक्षण र दिगो उपयोगमा बिशेष जोड दिनु पर्ने देखिन्छ । तसर्थ कृषि जैविक विविधताको संरक्षण र उपयोगमा बिशेष योगदान गर्न वाञ्छनीय भएकोले राष्ट्रिय जीन बैंकको पहलमा कृषि जैविक विविधता प्राविधिक सल्लाहकार उपसमिति (ATA-SC) मार्फत् राष्ट्रिय कृषि जैविक विविधता संरक्षण समिति (NABCC) मा पेश गरी २०७९ साललाई राष्ट्रिय कृषि जैविक विविधता बर्षको रुपमा घोषणा गरी मनाउने निर्णय भएको छ।
नारा
जिवन तथा वातावरणको लागि कृषि जैविक विविधता (Agro biodiversity for life and environment)
उद्देश्यहरु
कृषि जैविक विविधताको महत्व बारे जनचेतना बढाई संरक्षण तथा उपयोगमा जोड दिने ।
राष्ट्रिय स्तरमा कृषि जैविक विविधता संरक्षणका उपयुक्त विधि एवं पद्धतिहरुको विकास र अवलम्वन गरी कृषिका रैथाने जातहरु लोप हुनबाट बचाउने ।
कृषि जैविक विविधता संरक्षण एवं प्रवर्द्धनको लागि उपयुक्त नीतिगत एवं संस्थागत व्यवस्थाको विकास एवं सुधार गर्ने ।
कृषि जैविक विविधताको राष्ट्रिय अभिलेख तयार गर्ने ।
कृषि जैविक विविधता संरक्षणमा संलग्न संघसँस्थाहरु बीच सहकार्य र सञ्जालीकरण गर्ने ।
मुख्य कार्यहरु
कृषि जैविक विविधता सम्बन्धी राष्ट्रिय स्तरमा सचेतना मुलक कार्यक्रमहरू जस्तै: प्रकाशन र अभिलेखीकरण, संरक्षण कार्यहरु, प्रवर्द्धनात्मक कार्यहरु, प्रोत्साहनमुलक कार्यहरु र नीतिगत सुधारहरुका कार्यहरु गरिने छ । साथै कृषि वंशाणु आरक्ष स्थल (agro gene sanctuary) लगाएत अन्य संरक्षण बैंकहरुको स्थापना गर्ने र रैथाने परिकार, ज्ञान र कृषि आनुवंशिक स्रोतहरुमा आधारित राष्ट्रिय गौरबको आयोजना तयार गर्ने रहेको छ। Based on the outputs of this celebration, Nepal will propose the United Nations to celebrate 2024 as an International Year of Agrobiodiversity.
माघलाई १ गतेलाइ राष्ट्रिय कृषि जैविक विविधता दिवस (Jan 3rd week: National Agrobiodiversity Day) को रुपमा मनाउने र बिशेष गरी रैथाने परिकार र कन्दमुललाई जोड दिने। बाला चतुर्दशी (मंसिर कृष्ण चतुर्दशी) लाई कृषि आनुवंशिक स्रोत संरक्षण दिवस (प्रकृतिलाई कृषि आनुवंशिक स्रोत दिवस) को रुपमा मनाउने । यो दिन प्रकृतिमा कृषि आनुवंशिक स्रोतको रुपमा सतबीज छर्ने धार्मिक परम्परा रहेकोले (घरेलु कृषि जन्य बीउहरु धार्मिक स्थलहरुमा छर्ने, अन्य घरेलु पशुपंक्षी, माछा, किरा, घाँसे बाली, सूक्ष्म जीवाणु प्रकृतिमा छाड्ने र कृषि वंशाणु आरक्ष स्थल स्थापना गर्ने लक्ष्य रहेको छ ।
२ असोज, २०८१
८ माघ, २०८०
८ माघ, २०८०